नवपर्वधन साझेदारी कोष सम्वन्धीअनुगमनमा आउनु भएको प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम(PLGSP) बाट श्री पुष्ष बस्नेत सर लगायतको टोली साथमा हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामा सर सगंको एक झलक ।
समाचार
ग्यालरी
आज मिती २०७९/०२/२९ गते यस हरिहरपुरगढी गाउँपालिकाको कार्यालयमा आयोजित स्थानिय तहमा लैगिंक समानता र सामाजिक समावेशिकरण रणनिती निर्माण सम्वन्धी एक दिवसिय कार्यशाला गोष्ठी यस हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्ष श्री चेख वहादुर थिङ को अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्री वज्र ध्वज वाईबाज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्नको हुदाँको झलकहरु।
उक्त कार्यक्रममा नि.प्र.प्र.अ. तथा GESI फोकल पर्सन सुदिप लामिछाने , सवै वडा का वडाध्यक्ष ज्युहरु , कार्यपालिका सदस्यज्युहरु ,वडा सचिवज्युहरु ,शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
मिती २०७९ साल जेष्ठ २३ गते यस हरिहरपुरगढी गाउँपालकाको अध्यक्ष श्री वर्ज ध्वज वाईवा ज्युको अध्थक्षता ,तथा उपाध्यक्ष चेख वहादुर थिङ , प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामा ज्युको उपस्थितीमा दुध तथा तरकारी उत्पादन गर्ने कृषकहरुलाई नवपर्वधन साझेदारी कोष सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको उत्घाटन समारोह सम्पन्न गरियो । केही झलकहरु ।
आज मिति २०७८/०३/१० गते सम्पन्न यस हरिहरपुरगढी गाउँपालिकाको १२ औ गाउँ सभाको केहि झलकहरु ।
आज मिति २०७७/०५/२५ गते यस हरिहरपुरगढी गाउँपालिकाको कार्यलयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनु भएको श्री प्रमोद तिमिल्सीना सरलाइ स्वागत गर्दाको केहि झलकहरू.....
२०७५/०९/२३ गते, प्रदेश न.३ का माननीय मुख्य मन्त्री डोरमणि पौडेल ,भुमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्रि दावा दोर्जे लामा लगायत सिन्धुली जिल्लाका माननीय सांसद ज्युहरु लाई यस हरिहपुरगढी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र कार्यपालिका सदस्यहरु तथा अन्य समाजसेवी बुद्धिजीवीहरू दारा स्वागत गरि यस क्षेत्रमा रहेका सार्बजनिक जग्गामा औधौगिक क्षेत्र निर्माणको लागि अवलोकन गराईयो ।साथै उक्त अवसरमा माननीय मुख्य मन्त्रि डोरमणि पौडेल समक्ष यस गाउँपालिकाको अध्यक्ष श्री कारसाङ लामा ,उपाध्यक्ष अनिता कुमारी राई दारा संयुक्त रुपमा १८ बुद्दे मागपत्र बुझाई मायाको चिनो प्रदान गरियो।
मिति २०७५।०३।०९ गते ,हरिहरपुरगढी गाउँपालिकाको चौथो गाउँ सभा प्रदेश सभा सदस्य माननीय वुद्धिमान माझीज्यूको प्रमुख आतिथ्यतामा समुदघाटन भयो । गाउँ सभा उदघाटन सत्रका केही झलकहरु