FAQs Complain Problems

संक्षिप्त परिचय

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेकोप्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार,सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक महेन्द्रझ्याडी ,हरिहरपुरगढी ,क्यानेश्वोर ,पिपलमाडी गा.बि.स.ले ओगटेको भूभाग नै हरिहरपुरगढी गाउँपालिका हो l यस गाउँपालिकाको नामाकरण  ऐतिहासिक हरिहरपुरगढी दरबारलाई आधार मानी गरिएको छ l पूर्वमा मरिण गाउँपालिकाको सिमा क्षेत्र पश्चिममा मकवानपुर र रौतहट जिल्लाको सिमा क्षेत्र उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिका भौगालिक कुल क्षेत्रफल ३४३.९ बर्ग कि.मि. छ l भौगालिक धरातलीय रुपमा समथर फाट चुरे क्षेत्र खोला खोल्सी अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग पाईन्छ l गाउँपालिकाको मध्य भागमा मरिण दक्षिण पुर्बी भागमा क्यानखोला ,पश्चिम भागमा बाग्मती र उत्तरी भागमा कोखाजोर नदीहरु पाईन्छ l

 

मानविय रुपमा तामाङ, राई , मगर, माझी , पहरी, विश्वकर्मा, दमाई, बाहुन , क्षेत्री, नेवार लगायतका जातीहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसख्या २७७२७  छ l मानविय बसोबासको हिसावले लगभग ३०० वर्ष भन्दा अगाडि नै यस क्षेत्रमा बसोबास गरेको किम्बदन्तीहरु पाईन्छ । मानविय चेतना तथा भौतिक , आर्थिक पुर्वाधार विकासको दृष्टिकोणबाट यस हरिहरपुरगढी गाउँपालिका पिछडिएको देखिन्छ । यहाँको मुख्य पेशा कृषि हो l

 

यस गाउँपालिकामा हाल ८  वटा वडाहरु छन् ।

Ø साविक हरिहरपुरगढी  गा।वि।स। वडा नं। १–९       हरिहरपुरगढी  गापा वडा नं। १

Ø साविक पिपलमाडी  गा।वि।स वडा न. १,२,९           हरिहरपुरगढी गापा वडा नं। २

 Ø साविक पिपलमाडी गा।वि।स। वडा न. ३-८           हरिहरपुरगढी  गापा वडा नं। ३

 Ø साविक  महेन्द्रझ्याण्डी गा।वि।स। वडा नं। २-५      हरिहरपुरगढी  गापा वडा नं। ४

Ø साविक  महेन्द्रझ्याण्डी गा।वि।स। वडा नं। १,६--९   हरिहरपुरगढी  गापा वडा नं। ५

 Ø साविक  क्यानेस्वर  गा।वि।स। वडा नं।  ६-८          हरिहरपुरगढी  गापा वडा नं। ६

Ø साविक क्यानेस्वर गा।वि।स। वडा नं। १,२ र ९         हरिहरपुरगढी  गापा वडा नं। ७

Ø साविक  क्यानेश्वर गा।वि।स। वडा नं। ३ -५              हरिहरपुरगढी  गापा वडा नं। ८