समाचार
बहुसांस्कृतीक मनोसामाजिक संस्था (टि.पि.ओ नेपाल) को प्राविधिक सहयोग र हरिहरपूरगढी गाउँपालिका सिन्धूलीको आयोजनमा शिक्षकहरुका लागि ५ दिवशीय आधारभूत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग बिषयक तालिमको झलकहरु
बहुसांस्कृतीक मनोसामाजिक संस्था (टि.पि.ओ नेपाल) को प्राविधिक सहयोग र हरिहरपूरगढी गाउँपालिका सिन्धूलीको आयोजनमा शिक्षकहरुका लागि ५ दिवशीय आधारभूत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग बिषयक तालिम सञ्चालन गरिएको छ । जसमा १५ जना बिभिन्न सामुदायीक बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । उक्त तालिममा मानसिक तथा मनोसामाजिक समस्या र त्यस कारणहरु र उपचारका बारेमा जानकारी एवं सिपहरु, आधाभूत सञ्चार सिप, आत्महत्याका कारण, उपचार र रोकथाम बिषयक जानकारी, रुपान्तरीत बिकृती, उदाशिनता, चिन्ताजन्य समस्या, छारेरोग, बालबालीकाहरुको ब्यबहारगत समस्या र त्यस्ता समस्यामा प्रदान गर्ने मनोशिक्षा, सिफारिस, उपलब्ध मानसिक तथा मनोसामाजिक सहयोग सम्बन्धि श्रोतहरु, बिद्यालयमा मानसिक स्वास्थ्यको सुनिश्चितता लगाएताका बिषयमा तालिम प्रदान गरिएको थियो ।